१५ चैत्र २०८०, बिहीबार
Follow Us

संगीताले ल्याइन् ‘कमिलाको ताँती…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार १२:२३

काठमाडौं । गायिाका संगीता रायमाझीले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् । केही दिनअघि एमएमएस इन्टरटेनमेन्टको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको यी सुन्दरी गायिकाको ‘कमिलाको ताँती’ बोलको गीत तथा भिडियोले हिजोआज राम्रै चर्चा पाइरहेको छ । यस गीतमा संगीतासँगै प्रताप दासले फिचरिङ गरेका छन् ।
लेखु सहयात्रीको शब्दरचना र भीम बिसीको संगीत रहेको ‘कमिलाको ताँती’ गीतमा संगीताको गायकी दम्दार छ, जसले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ । दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । रिजिज भएको धेरै भएको छैन । तर, राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’
संगीता र प्रतापको ‘कमिलाको ताँती’ गीतलाई बुद्व सायमीले एरेञ्ज गरेका हुन् । सायमीको संगीत एरेञ्जमेन्ट संगीताको स्वर सुहाउँदो छ । यस गीतको भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले निर्माण गरेको हो । जसमा कोरियोग्राफी मनिष थापाले गरेका छन् । भिडियोमा रोजिना ठकुरी, शिवदास गुरुङ, मानब थिङ, राजु लामा र सुवोध क्षेत्रीले अभिनय गरेका छन् । आफ्नो गीतको यस भिडियोमा धेरै कलाकारलाई अभिनय गराउनुको कारण खुल्दै संगीताले भनिन्, ‘कमिलाको ताँती’ बोलको गीत भएकाले कलाकार पनि धेरै राखिएको हो ।’