७ बैशाख २०८१, शुक्रबार
Follow Us

ह्यापी मनसुन, स्टे र एन्ड सेफ

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १३:५९

काठमाडौं ।  फिस्टेल हेलिकप्टरका चालक रञ्जन लिम्बुले फेसबुक वालमा करिब दुइ हप्ता अगाडी ह्यापी मनसुन, स्टे र एन्ड सेफ भनेर स्टाटस अपडेट गरेका थिए । तर दुर्भाग्य आज उनैको दुर्घटनामा परि मृत्यु भएको छ ।
मनसुनको समयमा आकाशमा बादल हुनु र थाहा नै नपाइ भारि बर्षा हुनु सामान्य हो । हेलिकप्टर चालकलाई यी कुराहरुको ज्ञान हुन्छ र मौसम अनुसार उनीहरुले सतर्कता पक्कै पनि अपनाएका हुन्छन् । तर भाग्यको खेल कसलाई के थाहा ? कति खेर कहाँ पुगेर हेलिकप्टर जस्तै जिबन ठोकिने हो थाहा नै नहुने रहेछ ? यस्तै भयो चालक रञ्जन लिम्बुलाई ।
गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जना परे सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उहाँकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उहाँको पाँच दिनको नवजात शिशु सवार रहेका थिए । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए ।