६ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघको विवाद अझै मिलेन, बन्दसत्र अन्यौलमा !

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार ०५:४८

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको ११ औँ महाधिवेसनको बन्दसत्र मंगलबार सुरु गर्न बताएपनि विवाद नमिल्दा अन्यौल बढेको छ । सोमबार नै हुने भनिएको बन्दसत्र प्रतिनिधि विवाद मिल्न नसकेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । ११ जिल्लामा देखिएको प्रतिनिधि विवाद रातभरीमा मिलाउने भन्दै मंगलबारसम्मका लागि बन्द सत्र स्थगित गरिएको हो । तर पार्टी नेतृत्वले समेत प्रयास गरेपनि अझै विवादको छिनोफानो भएको छैन ।
दिउँसोसम्ममा बन्द सत्र सुरु हुन सक्ने विद्यार्थी नेताले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले आफू नजिकका विद्यार्थी नेतालाई अध्यक्ष उठाउने तयारी गरेका छन् ।
देउवा पक्षबाट नैनसिंह महर र जितजंग बस्नेत, पौडेल पक्षबाट क्षितिज भण्डारी, मनोजमणि आचार्य, नीलकण्ठ रिजाल, आनन्द त्रिपाठी र दीपक भट्टराई, सिटौला पक्षबाट कुन्दन काफ्ले र खड्का पक्षबाट शुभराम बस्नेत अध्यक्षमा उठ्ने चर्चा छ । उम्मेदवारी दिने बेलासम्म देउवा पक्षले खड्का र सिटौला पक्षधरलाई मिलाएर आफ्नो तर्फबाट एक मात्र उम्मेदवारी दिने तयारी गरेको छ । नेविसंघको ११ औँ महाधिवेशन ९ वर्षपछि भएको हो ।