नरोऊ है आमा तिम्रो छोरे आउँछ यसपाली
गाउँघरकोे रमाइलोमा रमाउँछ यसपाली ।
पाखा अनि पखेराले कति सम्झे होलान् कठै
खेतबारी ,वारीपारी पनि धाउँँछ यसपााली ।
घरको छाना चुहियोे फेरि भन्दै बाबा रुन्थे
भन्दिनु है छोराले घर छाउँछ यसपाली ।
दुःख भयो हामलाई धेरै विहे गर् न भन्थ्यौ
मंसिरमा एउटी लक्ष्मी भित्राउँछ यसपाली ।
म आउँदाको ऋणले गर्दा खेत बन्धकमा थियो
ऋण तिरी खेत पनि निखनाउँछ यसपाली ।