८ बैशाख २०८१, शनिबार
Follow Us

विनोदी ले कैकेयी लिएर आए

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०७:०१

कार्तिक १३, २०७४-कवि गोविन्दराज विनोदी महाकाव्यसहित आएका छन् । ‘कैकेयी’ राजधानीमा आइतबार प्रा. चूडामणि बन्धु, प्रा. राजेन्द्र सुवेदी, कवि/समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल लगायतले लोकार्पण गरे ।

महाकाव्य समकालीन समयमा पठनीय रहेको बन्धुले बताए । सुवेदीले रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’ लाई केन्द्रमा राखी सिर्जना गरिएको उक्त महाकाव्य कला, भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको टिप्पणी गरे । भट्टराईले रामायणको मिथकलाई महाकाव्यले आधुनिकतामा जोड्ने कोसिस गरेको बताइन् ।

कार्यक्रममा छन्दकविहरू सुदेश सत्याल र मनोज भण्डारीले उक्त महाकाव्यका केही कविता वाचन गरेका थिए ।

कान्तिपुरबाट ।