८ बैशाख २०८१, शनिबार
Follow Us

‘सुनकेसरी’ पोष्टरमा ऋचाको यस्तो रुप

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७४, मंगलवार ०४:०९

आधा लभ’मार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो ।

यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् ।

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यतिबेला ‘सुनकेसरी’ सम्पादन टेवुलमा छ ।

फिल्मी खबरबाट ।