January 22, 2022
4:49 AM | 10:34 AM
कला तथा मनोरन्जन

परेवा जन्मने दिन

  04/11/2017 मा प्रकाशित

कविता

एउटा सानो घरभित्र बाघ , भालु , स्याल
ब्वाँसा ,गिद्द सबै गीत गाउँदै नाचिरहेछन्
नर्तक नर्तकीजस्तै ।
घरको बाहिर पर्खालैनेर
एउटा बुढा बाजे छट्पटाइरहेछन्
भोक लाग्यो भन्दै ,
एक चन्द्र , सूर्य अंकित टालो फिँजाइरहेछन् ।
वरिपरी वाज डुलिरहेछ
कतै आँखा गाडेर
त्यही टालोलाई गुँड बनाउन ,
बाजेको बसोबास उठाउन ।

म बाको हात समातेर हेरिरहेथेँ
र सोधेँ – बा ,याो केहो ?
उत्तरमा बाले भन्नुभयो-
-रमिता हो नानी रमिता ।

म भन्छु – बा गाउँको रमिता र शहरको
रमिता फरक हुन्छ हो ?
-हो बाबै हो , शहरको रमिता तैँले बुझ्दिनस् ।

धेरै दिन भयो यस्तो रमिता चलेको
या ेघरमा ।
मैले बालाई फेरि सोधेँ –
बा ! यो रमिता कहिले सकिन्छ ?
-परेवा जन्मने दिन ।
म कुरिरहेछु , परेवा जन्मने दिन ,
हेरिरहेछु गुँडतिर ।

म बेलाबेला सोधिरहन्छु बालाई
बा- रमिता सकियो ?
-छैन , बाबै ,
तँलाई केको आत्तुरी ।
मासु र भात खाने बेला हुँदैछ रमितामा ,
हामी साकाहारी जान हुादैन ।

बा! ती बुढा बाजेले कहिले खान पाउाछन् ?
– रमिता सकिएपछि ।
बा! अनि बुढी आम्मै छैनन् ?
– बिरामी परेकी छन्
यै रमिताका पीरले ।
-कहिले निको हुन्छिन् ?
-रमिता सकिएपछि ।
बा! मलाई भोक लाग्यो
केही खाउँन
– रमिता सकिएपछि ।
बा ! निद्रा लाग्यो , सुतोँ न
– रमिता सकिएपछि ।

आजकल मेरा बाको थेगो नै रमिता
सकिएपछि बसेको छ ।
म फेरि सोध्छु-
बा! रमिता कहिले सकिन्छ ?
-परेवा जन्मिएपछि ।
आखिर परेवा जन्मिने दिन कहिले आउँछ ,
साँच्चै कहिले आउँछ यो घरमा
रमिता सकिने दिन ।

सरु पौडेल

प्रतिक्रिया