८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालले पायो ११ पदक

sarusaru
२१ कार्तिक २०७४, मंगलवार ०४:३०

काठमाडौं / – श्रीलंकाको कोलम्बोमा भएको १५औं डब्लूकेआई अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण, ४ रजत र १ कांस्य गरी ११ पदक जितेको छ ।

पुरुष ४० केजीमा विवेक कुँवरले स्वर्ण र एकल कातामा रजत, पुरुष ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, महिला ४५ केजीमा वर्षा बुढा मगरले स्वर्ण र एकल कातामा कांस्य, महिला ४० केजीमा विनिता चपाईंले स्वर्ण, पुरुषको ७५ केजीमा विकास राजवाहकले स्वर्ण तथा पुरुष ६७ केजीमा नवीन महर्जनले स्वर्ण जिते ।

प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका निरज महर्जनका अनुसार पुरुष ८४ केजीमाथि ध्रुव थापा र ५० केजीमा अनिश लामिछानेले रजत जिते । नेपालले पुरुष टिम कातामा पनि रजत जित्यो ।

प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत र न्युजिल्यान्ड गरी ४ राष्ट्रका खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको टिम प्रशिक्षक मोहन महर्जनले जनाएका छन् ।

 

– राजधानी बाट ।