१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुन्द्रे फेरी लण्डनमा

sarusaru
२३ कार्तिक २०७४, बिहीबार ०८:२७

लण्डन – हाँस्य कलाकार जीतु नेपाल (मुन्द्रे) लण्डन आएका छन् ।
। इलाइट इन्टरटेन्टमेन्ट यूकेको आयोजनामा वेलायतका विभिन्न शहरमा हुने कार्यक्रममा भाग लिन जीतु वेलायत आएका हुन्

उनले बेलायतमा रहेको नेपाली माँझनोभेम्बर १० हवकिङ कम्युनिटी सेन्टर, ,११ ग्रीनफोर्ड टाउन हाल, र १२ अल्डरशटमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन् । कार्यक्रममा सुरज थापा , केन्जल मेहर श्रेष्ठ ,, तृषणा गुरुङ र पवन राना मगरको समेत प्रस्तुती रहने छ । कलाकारहरु बुधवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा आयोजक टोलीले स्वागत गरेको थियो ।

कार्यक्रमको सह आयोजकको रुपमा काठमाण्डौ कर्नरले भूमिका निभाएको छ भने कार्यक्रम उद्घोषकमा मिस युके नेपाल २०१७ की सिर्जना गुरुङले गर्ने छिन्। कार्यक्रमका मुख्य व्यवस्थापकहरु – इन्द्र घोताने , निरा पिजी , हेम गुरुङ , लतो मगर र मनोज गुरुङ रहेका छन् ।
कार्यक्रम एकदम धमाकेदार हुने विश्वास गरिएको छ ।