१५ चैत्र २०८०, बिहीबार
Follow Us

फाटेको जुत्ता २ घोषणा ः प्रियङ्का परिनन् यसमा

sarusaru
२४ कार्तिक २०७४, शुक्रबार ०२:४९

दोस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको फिल्म ‘फाटेको जुत्ता’को सिक्वेल निर्माण हुने भएको छ । बिहीवार राजधानीमा फिल्मको सक्सेस पार्टीको आयोजना गर्दै निर्माता अर्जुन कुमारले यो घोषणा गरेका हुन् । उनले बैशाख १ गते प्रदर्शन गर्ने गरि ‘फाटेको जुत्ता २’ को छायांकन चाँडै सुरु गर्ने बताए ।

‘फाटेको जुत्ता’ले एक हप्तामा २ करोड कलेक्सन गरेको जानकारी गर्दै अर्जुनले भने, ‘दर्शकको मायाका कारण यसको दोस्रो भाग बनाउन लागेको हुँ । सिंगल र मल्टिप्लेक्समा अझैपनि फिल्मको व्यापार राम्रो छ ।’ उनका अनुसार, ‘फाटेको जुत्ता २’ लाई पनि निर्देशक निकेश खड्काले नै निर्देशन गर्नेछन् ।

उनले अगाडि भने, ‘सौगात मल्लसहित ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ । अभिनेत्रीको टंुगो भने हामी चाँडै लगाउने छौ ।’ ‘फाटेको जुत्ता’को प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुन नायिका प्रियंका कार्कीदेखि रुष्ट थिए । सौगात मल्ल र अर्जुन उपस्थित फिल्मको सक्सेस पार्टीमा प्रियंका भने अनुपस्थित थिइन् ।

निर्माता कुमारको छेवैमा रहेका नायक सौगात मल्लले ‘फाटेको जुत्ता २’ मा पनि अनुवन्धित हुन पाउँदा खुसी महशुस गरेको बताए । उनले भने, ‘म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने कोशिश गर्छु । ‘फाटेको जुत्ता’को सफलतापछि यसको दोस्रो भागमा पनि म जोडिन पाउनु भनेको निकै खुसीको कुरा हो ।’

अर्जुनले नयाँ फिल्मको घोषणा गर्दै ‘अर्जुन कुमार फिल्मस्’बाट अब नेपाली फिल्म वितरण गर्ने पनि जानकारी दिए । ‘यदी मेरो कम्पनीबाट फिल्म वितरण गरे निर्माताले प्रचार-प्रसारमा लाग्ने खर्च तिर्नु पर्दैनन् । म आफै नै फिल्मको पब्लिसिटीमा हिँड्छु ।’, उनले भने । ‘फाटेको जुत्ता’को सक्सेस पार्टीमा अर्जुनले आफ्नो ब्यानरबाट फिल्म ‘चपली हाइट ३’ पनि बन्ने उद्घोष गरे ।

– फिल्मी खबरबाट ।