७ बैशाख २०८१, शुक्रबार
Follow Us

रामको भीमफेदीसँगै ‘सिरिमा सिरी…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार १३:२४

काठमाडौं । पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको अर्को गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार रामले केही साताअघि मात्र ‘सोल्टिज्यू’ बोलको पूर्वेली लोकआधुनिक गीतको भिडियो रिलिज गरेका थिए । सो म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चामा पाइरहेकै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो…’ बोल गीतको भिडियो यु–ट्युबमार्फत रिलिज गरेका छन् ।
अहिलेकी चर्चित गायिका मेलिना राई र दल जेरी राईको स्वर रहेको ‘सिरिमा सिरी…’ पनि पूर्वेली लयमै छ । दल जेरी अमेरिकाको क्यान्टोकी सिटीमा बस्दै आएका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतप्रति लगाव राख्दै आएका उनको यो पहिलो प्रयास हो ।
र्चिर्चत संगीतकार बसन्त सापकोटाको संगीत रहेको यस गीतको भिडियोमा चर्चा हाल बटुलिरहेको डान्स गु्रप ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ भने साथमा शिल्पा तामाङले अभिनय गरेकी छन् । यस भिडियोलाई ‘भीमफेदी गाइज’कै प्रमुख सदस्य निर्मल लामाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
‘सिरिमा सिरी…’ पुर्वेली लोकशैलीमा रहेपनि डान्सिङ बिटमा रहेकाले ‘भीमफेदी गाइज’लाई भिडियोमा फिचरिङ गरिएको गीतकार रामले बताए । यस भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।