१३ बैशाख २०८१, बिहीबार
Follow Us

छैटौं ओभरमै नेपालको जीत

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७४, मंगलवार ०७:५८

काठमाडौं । यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत २४ ओभरमा ४६ रनको लक्ष्य पाएको नेपाली टोलीले ५ ओभर २ बल खेल्दा २ विकेट गुमाएर खेल जित्यो । जितका लागि ओपरन अनिल शाहले १५ बलमा २६ रन बनाए । उनलाई साथ दिन आएका अर्को ओपनर असिफ सेख ४ रन बनाएर आउट भए । त्यसपछि आएका कप्तान लगातार २ छक्का हिर्काएर बाहिरिए ।
मलेसियाको क्वालालम्पुरमा आज बिहानैदेखि वर्षा भएपछि झण्डै ५ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि आयोजक मलेसियाले पहिले व्याटिङ गरेको हो । १५ ओभर ३ बल मात्रै क्रिजमा टिकेको मलेसियालाई ४५ रनमै समेट्न नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए ।
यसैगरी शहाब आलम र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट झारे । जवाफमा नेपालले ४६ रनको लक्ष्य पछ्याँउदै आफ्नो व्याटिङ सुरु गरेको छ ।
यही समूहको अर्को खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् । वर्षाको कारण ३२ ओभरमा घटाइएको खेलमा बंगलादेशले जितका लागि १ सय ८८ रनको चुनौती पाएको छ । टस हारेको भारतले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको हो । यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।