काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल पुगेको छ । नेपालले अब समूह ‘ए’ को शीर्ष विजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि विहीबार खेल्नुपर्ने छ । समूह ‘बी’ बाट नेपालले दुई खेल जितेर सेमिफाइनलमा पुगेको हो । नेपालले भारत र आयोजक मलेसियालाई पराजित गरेर समूहमा ४ अंक जोडेको थियो । यही समूहमा तीनवटै खेल जितेर ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो ।
प्रतिक्रिया