March 23, 2023
8:24 PM | 2:09 AM
?>
खेल

रुसमा हुने विश्वकपका लागि अष्ट्रेलिया छनोटमा

  16/11/2017 मा प्रकाशित

कार्तिक २९, २०७४-कप्तान माइल जेडिनाकले दोस्रो हाफमा गरेको ह्याट्रिक मदतले अस्ट्रेलियाले दोस्रो लेगको प्ले अफमा बुधबार होन्डुरसलाई ३–२ ले हरायो र अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट भयो ।
एस्टन भिल्ला मिडफिल्डर जेडिनाकले ५४ औं मिनेटमा फ्रि–किकबाट पहिलो गोल गरे । त्यसयता १३ मिनेटको अन्तरमा दुई पेनाल्टीलाई गोलमा परिणत गरे । होन्डुरसका तर्फबाट खेलको अन्त्यतिर अल्बर्टो एलिसले एक गोल फर्काए ।

खेल समाप्त भएलगत्तै सिड्नी ओलम्पिक स्टेडियममा उपस्थित ७७ हजार दर्शकमाझ खुसीयाली छाएको थियो । सान पेड्रो सुलामा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा टुंगेयता दोस्रो लेगको जितपछि अस्ट्रेलिया ३–१ को निर्णायक जित हात पार्न सफल रह्यो ।

अस्ट्रेलिया विश्वकप अन्तिम चरणमा छनोट भएको यो लगातार चौथो र समग्रमा पाँचौं हो । यसपल्ट छनोटका लागि अस्ट्रेलियाले २९ महिनाको छनोट यात्रामा २२ खेल खेलेको थियो ।

– कान्तिपुरबाट ।

प्रतिक्रिया