१२ बैशाख २०८१, बुधबार
Follow Us

बलिउड कलाकार नेपाल आउँदै

sarusaru
२ मंसिर २०७४, शनिबार ०६:४३

बलिउडका चर्चित नायक सलमान खान लयातका कलाकार काठमाडौँ आउने भएका छन् । ओडीसी ईन्टरटेनमेन्टले गर्ने साँगीतिक कार्यक्रमका लागी उनि नेपाल आउन लागेका हुन् ।

फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा क्यानेडियन पप गायक ब्रायन एडम्स पनि सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए ।

ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ ।

‘राष्ट्र बैंक मार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमती मागेको छ,।’

सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए ।

कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ । कन्सर्टको लागत र कलाकारहरूको पारिश्रमिकबारे चाहिँ दुईपक्षिय सम्झौता अनुसार खुलाउन नमिल्ने उनले बताए ।

– टिभि अन्नपूर्णबाट ।