७ बैशाख २०८१, शुक्रबार
Follow Us

छोरा प्रकाशलाई बाबु दाहालले दिए दागबत्ती

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १२:४८

काठमाडौं । आकस्मिक हृदयाघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । आर्यघाटमा दाहालले छोरा प्रकाशलाई दागबत्ती दिएका छन् । त्यसअघि प्रकाशप्रति विभिन्न राजनीतिक दलका नेताहरु र आफन्तजनले श्रद्धान्जली दिएका थिए । यसअघि पेरिसडाँडाबाट गरिएको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी भएका थिए ।
त्यहाँ माओवादी केन्द्रका साथै अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली दिएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धान्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए ।