१६ चैत्र २०८०, शुक्रबार
Follow Us

के थियो प्रचण्डपुत्र प्रकाशको अधुरो सपना

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको आइतबार हृदयघातहृदयघातबाट निधन भयो । अध्यक्ष प्रचण्डका प्रकाश छोरा मात्र थिएनन, विश्वासिला सहयोगीसमेत थिए । अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको एउटा महत्वपूर्ण सपना अधुरै रहेको उनलाई नजिकबाट नियाल्नेहरुले बताउँछन् । दाहालका स्वकीय सचिव सन्तु दराईका अनुसार चितवनबाट ५ दिनअघि निर्वाचन सामग्री व्यवस्थापनका लागि प्रकाश काठमाडौं आएका थिए ।

उनको आइतबार बिहान ती निर्वाचन सामाग्री लिएर चितवन जाने कार्यक्रम थियो । तर उनले त्यो आइतबार देख्न पाएनन् । त्यसपछि उनी चितवनबाटै पत्नी विना मगरलाई जिताउन कञ्चनपुर जाने योजना थियो ।

असमायिक निधनले बुवा प्रचण्ड र पत्नी विना मगरलाई जिताउने प्रकाशको त्यस सपना अधुरै रह्यो । स्वकीय सचिव दराईले भने, ‘निर्वाचन सामग्री व्यवस्थापन गरी चितवन जाने कार्यक्रम थियो । चितवनपछि कञ्चनपुरमा निर्वाचन अभियानमा जाने कुरा गर्नुभएको थियो । तर, उहाँ आफै कहिल्यै नफर्किने गरी हामीलाई छाडेर जानुभयो ।’

पछिल्लो समय प्रकाश चितवन क्षेत्र नम्बर ३ मा बुवा प्रचण्डलाई जिताउन बढी सक्रिय थिए । कञ्चनपुर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार पत्नी विनालाई जिताउन लागिपरेका थिए । त्यसका लागि कञ्चनपुर जाने उनको योजना थियो । तर, सबै योजना अब अधुरै रहन गाएको छ ।