१३ बैशाख २०८१, बिहीबार
Follow Us

बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार ०८:४०

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ । अहिलेसम्म केही भेटिएको छैन ।” सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए ।

इजलास शुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतारहतार न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए । अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ ।