१२ बैशाख २०८१, बुधबार
Follow Us

जनगायक खुसीराम पाख्रिनको निधन

sarusaru
६ मंसिर २०७४, बुधबार ०४:३७

चितवन- पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ ।

जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।

सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओ‌वादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु’ गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए । पाख्रिनले सभामा प्रचण्ड पुत्र प्रकाशको श्रद्दाञजली गीत गाएका थिए ।