March 23, 2023
8:38 PM | 2:23 AM
?>
खेल

बार्सिलोना गोलरहित बराबरी

  23/11/2017 मा प्रकाशित

बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ ।

टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो । उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि टोलीलाई जिताउन सकेनन् ।

बार्सिलोनाले अक्टोबरमा ओलम्पिकासविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो पछिल्लो पाँच वर्षमा बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा गोल गर्न असफल भएको पहिलो पटक थियो । बुधबार राति टुरिनमा दोहोरियो ।

यद्यपि खेललाई आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले अवसरहरु थुप्रै सिर्जना गरेको थियो ।

पछिल्लो पटक गत सिजन च्याम्पियन्स लिगको क्वाटर फाइनलका पहिलो लेगमा युभेन्टससँग उसकै घरेलु मैदानमा खेल्दा बार्सिलोना ३–० ले पराजित भएको थियो ।

बराबरीपछि बार्सिलेनाको ११ अंक भएको छ र समूह डीको शीर्ष स्थानमा छ । ८ अंकका साथ दोस्रो स्थानमा रहेको युभेन्टसको भन्दा बार्सिलोनाको हेड टु हेड रेकर्ड पनि राम्रो छ ।

– अनलाइन खबरबाट ।

प्रतिक्रिया