१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विकासको नेतृत्व गर्छु : डा राणा

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०७:४८

धनगढी । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुभएकी काँग्रेस नेत्री डा आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यासी हुनुभएकी डा राणाले आज यहाँ गरिएको पत्रकार सम्मेलनमा यो क्षेत्रमा नदी र खोलामा तटबन्ध, ऐलानी पर्ती जग्गाको बसोबास, गरिबी, उचित बाटोघाटो, गुणस्तरीय स्वास्थ्य सेवालगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने उल्लेख गर्नुभयो । डा राणाले कम्युनिस्ट व्यवस्थामा प्रेस र नागरिक स्वतन्त्रता नहुने, खुला बजारको प्रतिस्पर्धा हुन नपाउने र सम्पत्तिको उपभोगसमेत गर्न नपाउने बताउँदै चुनावमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।