११ बैशाख २०८१, मंगलवार
Follow Us

कोसँग विवाह गर्दैछन युवराज ह्यारी

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १३:५८

सन् २०१६ मा एक आपसमा चिनजान गरेका बेलायती युवराज ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आउँदो वर्ष विवाह हुँदैछ । शाही परिवारकी बुहारी विवाहिता, अभिनेत्री र मिश्रित नस्लकी भएको हुनाले बेलायतको राजपरिवारले यसलाई सामान्य घटनाका रुपमा नलिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
३३ वर्षका राजकुमार मर्गनसँग विवाह गर्ने घोषणासँगै रमाएका छन् । दुवैले मार्कलका माता पितासँग आर्शिवाद लिए । युवराज ह्यारी र मार्कलको इन्गेजमेन्टबारे सुरुमा महारानी एलिजावेथ र परिवार नजिकका केही सदस्यलाई मात्र जानकारी थियो ।
अमेरिकी टेलिभिजन सिरियल सूटरमा काम गरेर चर्चा बटुलेकी मर्गन अमेरिकी शहर लसएजेल्समा हुर्केकी हुन् । तर मेगन यतिबेला क्यानडाको टोरेन्टोमा बस्छिन् । अभिनयको अलवा मोडलिङ पनि गर्छिन् । उनले सन् २०११ मा अभिनेता तथा प्रोडुसरसँग विवाह गरेर दुई वर्षपछि सम्बन्ध विच्छेद गरेकी हुन् ।
मार्कलले नर्थवेस्टर्न युनिभसिटीबाट आम सञ्चारको अध्ययन गरेकी छन् । अभिनयको अडिसन दिनुभन्दा अगाडि मार्कल क्यलिग्राफी अर्थात् सुन्दर अक्षरले विवाहको निमन्त्रणा पत्रमा लेख्ने काम गर्थिन् । ह्यारी र मार्कलको पहिलो भेट सन् २०१६ मा भएको थियो । भेटसँगै सञ्चारमाध्यमले उनीहरुको छिटै विवाह हुने अनुमान लगाएका थिए । केही महिनापछि नै सञ्चारकर्मीहरुको त्यो अनुमान पुष्टि भयो ।
मार्कलका पिता सिनेमेटोग्राफी हुन् । उनले ८० को दशकमा प्रसिद्ध सो म्यरिडमा काम गरेका थिए । मार्कलले अमेरिकी टेलिभिजन सो सुटर, द ग्रीक, रिमेम्बर मि र हारिबल बोससलगायत फ्रिन्जमा काम गरिसकेकी छन् । सन् २०११ मा मेगनले फिल्म प्रोड्युसर टे«वर एन्गलसनसँग ७ वर्ष डेटिङपछि विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह दुई वर्षभन्दा बढी टिकेन ।