१५ चैत्र २०८०, बिहीबार
Follow Us

शोभिता फेसबुकमा हिट (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०७:४२

काठमाडौं– । पत्रकारको पेसा नै सूचना र प्रविधिसँग रमाउने हो । जतिबेला पनि नयाँ केही समाचार र सूचना पाइन्छ कि भनेर सामाजिक सञ्जालमा जोडिरहने पत्रकारको जीवनशैली र दैनिकीलाई लिएर रेडियो पत्रकार शोभिता रिसालले गीत लेखेकी छन् । शब्द र गायन शोभिता रिसालकै रहेको ‘मेरा मायालु फेसबुकमा हिट’ तीज गीत सार्वजनिक भएको ।

शोभितालाई गायनमा राजन रुचालले साथ दिएका छन् । लय राजनकै रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् । पत्रकारिता र घरव्यवहारसँग जोडेर शब्द लेखेर लोकलयमा ढालिएका कारण गीत लोकप्रिय बनेको छ । त्यसमा पनि पत्रकारिता, कलाकारिता, सामाजिक क्षेत्र सबैसँग जोडिएका कारण गीतको शब्दमा विविधता छ । गीतको म्युजिक भिडियो अहिले युट्युबमा हिट हुँदै गएको छ । म्युजिक भिडियोको निर्देशन राजन रुचालले गरेका छन् । गीतमा शोभिता, राजनका अलावा अशोक दुवाडी, संगीता रसाइलीलगायतले अभिनय गरेका छन् ।