१५ चैत्र २०८०, बिहीबार
Follow Us

कति निश्चल, निष्कपट र सरल सुदूरपश्चिमेली: डा. आरजु

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार ०८:३८

धनगढी । ‘हाम्रा मन्त्रीले ब्या (बिहे) ग-याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासँग बिवाह गरेर पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिबेला व्यक्त गरेको उद्गार स्मरण यतिबेला गर्नुभएको छ ।
उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ‘ओ हो… कति निश्चल, कति निष्कपट र सरल सुदूरपश्चिमेलीहरू’ डा. आरजुले भन्नुभयो– वास्तवमा गाउँको असली अनुभूति मैले त्यतिबेला गरेको हुँ । झन्डै २० वर्षदेखि सुदुरपश्चिमलाई सामाजिक कामको कार्यक्षेत्र बनाउँनु भएकी देउवाले आफू आमा बन्दा पाएको सास्तीलाई महसुश गरेर मातृशिशुको सुरक्षाको क्षेत्रमा काम गरेको बताउँनु भयो ।

कांग्रेस नेतृ डा. आरजु देउवा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । दिनहँु बिहान करिब तीन घन्टा सुदूरपश्चिमका विभिन्न जिल्ला, क्षेत्र, जातजाति, संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट, छलफल तथा दिनभरि दर्जनौ टोलवस्तीमा भेला, घरदैलोमा निकै व्यस्त हुने गर्नु हुन्छ । चुनावी कार्यक्रममा उहाँ मुलुकको पेचिलो बनेको राजनीतिक अवस्था तथा आर्थिक समृद्धिका योजनाबारे स्थानीय बुद्धिजीवीसँग चर्चा गर्नुहुन्छ । धैर्यतापूर्वक स्थानीय जनताको कुरा सुन्ने डा.आरजुले कैलाली– ५ मा पर्ने धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ घुमी रहनु भएको छ । गाउँबस्ती घुम्दा महिलाको अवस्था सुधारका खाका प्रस्तुत गर्नुहुन्छ । गरिबी निवारणका कुरा गर्नुहुन्छ । र, बेलाबेलामा नितान्त निजी र भावनात्मक कुरा गर्नुहुन्छ ।

‘म विहे गरेपछि पहिलो पटक डडेल्धुरा पुगे, टाढाटाढाबाट लठ्ठी टेकेर बृद्ध महिलाहरू भेट्न आउनुभयो’ बिहीबार मल्लिकार्जुन दार्चुला सेवा समिति परिवारले धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा नेतृ देउवाले त्यतिबेलाको क्षण सम्झिनु भयो, “उहाँहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्नका लागि आएको भन्नुुभयो, मलाई कस्तोकस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हु“दा रहेछन् भन्ने लाग्यो । तर, सँगसँगै सोचे– ओ हो म त चार सय वर्ष अगाडीको समाजमा आइपुगेछु कि के हो ? ”

‘केही ठाउ“मा बल्ल बाटो र विजुली पुगेको रहेछ, । बाटोघाटाृे छैन । रोजगारीका अवसर छैनन् । साक्षरता दर दयनीय छ । उपचार नपाएर विरामी छट्पटाउनु पर्ने अवस्था छ । जताततै गरिबी छ’ उहाँले त्यतिबेला डडेल्धुरा र सुदूरपश्चिमको अवस्था देखेर केही गर्ने गाउँवस्ती, डाँडाकाँडामा गएर विपन्न वर्ग, समुदायको जीवनमा सुधार गर्ने प्रयास गर, भन्ने सुझाव पनि दिनुभयो र भन्नुु भयो मैले सकेको सहयोग गर्छु ।”

डा. आरजुले निकै भावुक हुँदै भन्नुभयो, ‘मैले यहाँको चुनौति स्वीकार गरे र रुडुक संस्थामार्फत अछाम, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा स्वास्थ्य, महिला सशक्तिकरण, रोजगारी सिर्जना लगायतका काम गरें र अहिले पनि जारी छ ।’ आफूलाई भेट्न आउँने शुभचिन्तकलाई भन्नु हुन्छ– मेरो सम्पूर्ण जीवन सुदुरपश्चिमका लागि । अव त म सपना र विपनामा पनि धनगढी नै देख्न थालेको छु । धनगढीलाई देशकै आर्थिक, राजनीतिक, शैक्षिक केन्द्र बनाउन चाहन्छु । अन्तिममा डा. आरजुले भन्नु भयो ५ वार्षपछि धनगढी पोखराजस्तै पर्यटनको हव बन्ने छ ।

चुनावको मुखमा किन घरको आवस्यकता देख्नु भयो भन्ने जिज्ञाषामा उहाँले भन्नु भयो– कैलाली, कञ्चनपुर मात्र होइन सुदुरपश्चिम नै हाम्रो घर हो । यहाँका जनताले गाली गरेपनि मायाँ गरेपनि मेरो हितकै लागि गर्छन्, यहाँको मायाँ नपाएको भए मेरो श्रीमान् कहाँबाट ४ पटक प्रधानमन्त्री बन्न पाउनु । हाम्रो पुस्तौनी कर्मथलो धनगढीमा घरजग्गा जोड्नु संयोग मात्र परेको हो, किनभने हाम्रो जग्गाजमिन त छदैछ । नातागोता यतै छन्, मलाई बस्न–खान के अप्ठ्यारो छ र ?