१५ चैत्र २०८०, बिहीबार
Follow Us

हाम्रो स्पष्ट बहुमत आउछ : प्रम देउवा

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १३:४५

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताउनुभएको छ । धनगढीमा शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनुभयो ।
उहाँले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताउनु भयो ।“सरकारले यस्ता अराजक तत्वरूलाई कुनै पनि हालतमा छोड्दैन” उहाँले आम मतदातालाई निर्भयपूर्वक मतदान गर्न आह्वान गर्नुभयो । प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाकी नराखेको बताउनु भयो ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधि सभा तथा सबै प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत प्राप्त हुने बताउनु भयो । “कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन” उहा“ले भन्नुभयो,“पहिलो चरणको निर्वाचनले कांग्रेसमा देशभर उत्साह थपिएको छ, हाम्रो स्पष्ट बहुमत आउछ ।”प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।