७ बैशाख २०८१, शुक्रबार
Follow Us

कागजपत्रको फस्ट लुक

sarusaru
१९ मंसिर २०७४, मंगलवार ०३:०७

हाल धमाधम छायांकन भइरहेको फिल्म ‘कागजपत्र’मा अभिनय गरेका कलाकारहरुको फस्ट लुक सार्वजनिक गरिएको छ । फिल्ममा नाजीर हुसैन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको निर्माण यूनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्वजनिक गरेको हो । ‘कागजपत्र’को हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । सामजिक प्रेमकथामा बनिरहेको फिल्मलाई अपिल विष्टले निर्देशन गरिरहेका छन् ।

फिल्मको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । ‘कागजपत्र’का छायाँकार अस्ट्रेलियन सिनेम्याट्रोग्राफर क्यश्मिर डिक्सन हुन् ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहेको ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने फिल्मको कार्यकारी निर्माताको रुपमा विशारद बस्नेत रहेका छन् ।

– फिल्मी खबरबाट ।