१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लिभरपुलमा सम्झिए नारायण गोपाल

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार ०८:२८

लण्डन । सबैको ध्यान नेपालमा भैरहेको निर्वाचन तिर भैरहेको वेला वेलायतस्थित लिभरपुलमा रहेको नेपाली समूदायले भने स्वरसम्राट नारायण गोपाललाई सम्झिन भ्याए । लिभरपुल नेपाली समाज बेलायतलेमंगलवार आयोजना गरेको कार्यक्रममा नारायण गोपालका कालझै गीत प्रस्तुत गरियो । कार्यक्रममा गायक उज्वल भण्डारीले स्वरसम्राट नारायण गोपालका सुमधुर गीतहरु गायर मनोरन्जन दिलाए । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रम निकैनै रोमाञ्चक रहेको र साच्चि नै नारायण गोपालको सम्मान भएको उपस्थित सहभागीहरुले बताए। कार्यक्रमका संयोजक शिवराज पन्तले कार्यक्रमबाट संकलित रकम लिभरपुल नेपाली समाजका अन्य संगित गतिविधिमा प्रयोग गरिने जानकारी दिए।

समाजका अध्यक्ष डा. शम्भु आचार्यले नारायण गोपालले नेपालको सांगित क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै कार्यक्रमको आयोजना गर्ने समूहलाई धन्यवाद दिए । कार्यक्रममा लिभरपुलस्थित नेपाली समूदायतको बाक्लो उपस्थिती थियो ।

24899221_10155335164609037_1785740713_n

24989679_10155335164619037_1443457618_n

24992561_10155335164614037_1666256271_n