७ बैशाख २०८१, शुक्रबार
Follow Us

तरकारीवालीको लम्फू रिलिज मिति घोषणा

sarusaru
४ पुष २०७४, मंगलवार ०५:४४

काठमाडौँ । तरकारीवालीका रुपमा चर्चामा आएकी कुसुम श्रेष्ठको डेब्यु चलचित्र लम्फूको रिलीज मिति घोषणा भएको छ। निर्माण पक्षले यो चलचित्र २०७५ बैशाख २८ देखि प्रदर्शन गर्ने भएको हो।

छायांकनका लागि लामो समय लागेको यो चलचित्रमा तरकारीवाली र नव(नायक कबिर खड्काको डेब्यु रहेको छ। नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक अध्ययन गरेका कबिरले यो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्न गरेका हुन्। कबिर र तरकारीवालीको नामले चर्चित कुशुमसहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ।

कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन्। उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए।

गोपालचन्द्र लामिछाने निर्देशित लम्फूमा एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्न खोजिएको छ। जसमा प्रेमकथा समेत गौण छ। समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने यो चलचित्रको मुख्य विषयबस्तु रहेको छ।

– फिल्मी खबरबाट ।