८ बैशाख २०८१, शनिबार
Follow Us

शाकाहारी भएपछि मनै चङ्गा : दिपाश्री

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार १०:५५

काठमाडौं । निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताउनुभएको छ । काठमाडौँको एक होटलमा आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

“पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो”, गत साता आयोजित उक्त कार्यक्रममा दिपाश्रीले भन्नुभयो, “शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।”

चर्चित चलचित्र ‘छक्कापञ्जा’की निर्देशक निरौला विगत २४ वर्षदेखि शाकाहारी हुनुहुन्छ भने उहाँ जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्नुहुन्छ । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो । संघ ध्यान र शाकाहार प्रवद्र्धन गर्ने संस्था हो ।

“हामीले यस्ता कार्यक्रम बेला–बेला गर्ने गरेका छौँ । स्वस्थ जीवन जिउन प्रेरित गर्ने यस्ता कार्यक्रम मात्रै होइन, हाइकिङ र सरसफाइका कार्यक्रम पनि गर्छौं”, शाकाहारी संघका उपाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।