७ बैशाख २०८१, शुक्रबार
Follow Us

गजलमा आमालाई सम्बोधन गर्दै दीपक

sarusaru
५ पुष २०७४, बुधबार ०४:४९

मेरो तस्वीर ढोकामा नराख्नुहोला |
याद दिलाउँछ आमा नराख्नुहोला ||

हिड्ने डुल्ने धेरै हुन्छन्, जे पनि हुन्छ;
अमुल्य चिज बगैंचामा, नराख्नुहोला ||

मन हो उनको पनि फेरिन सक्छ;
रत्ति बिश्वास प्रियामा नराख्नुहोला ||

छिया छिया पार्न सक्छन् दिल तपाइँको;
यिनि याद सम्झनामा नराख्नुहोला ||

टिप्न सक्छ झिल्कोले कहिँ कतै बाट;
‘दीपक’ बाली पालामा नराख्नुहोला ||

दीपक अधिकारी चञ्चल

अर्घाखाँची