७ बैशाख २०८१, शुक्रबार
Follow Us

जगदीश घिमिरे पुरस्कार ब्राजाकीलाई

sarusaru
११ पुष २०७४, मंगलवार ०३:२८

मन्थली–जगदीश घिमिरे स्मृति पुरस्कार आख्यानकार मनु ब्राजाकीलाई प्रदान गरिने भएको छ । जगदीश घिमिरेको चौथौ स्मृतिमा आयोजना गरिएको साहित्यिक सभामा जगदिश घिमिरे प्रतिष्ठान रामेछापले नेपाली आख्यानका क्षेत्रमा विगत पाँच दशकदेखि साहित्य सृजनारत रही वाङ्मयको श्रीवृिद्धमा योगदान पु¥याए उनलाई सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले बताएकी छिन्।

पुरस्कारको राशि ५१ हजार नगद र प्रंशसा पत्र रहेको छ । साहित्यिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रत्येक वर्ष छनोट गरेर पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले अघिल्लो वर्ष नै गरेको थियो । तर, यो पटकबाट कार्यान्वयन गर्दै ब्राजाकीबाट यसको सुरुवात गरेको हो । ब्राजकी अहिले अस्पतालमा उपचाररत छन् । जगदीश घिमिरे स्मृति पुरस्कारलाई अब वर्षेनी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, सदरमुकाम मन्थलीमा साहित्यकार तथा समाजसेवी स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा आयोजना गरिएको चौथो साहित्यक सभामा जम्मा भएका राष्ट्रिय रूपमा ख्याति कमाएका र स्थानीयस्तरका स्रष्टाहरूले आफ्ना साहित्यिक रचनाको दमदार प्रस्तुतिका साथ घिमिरेको सम्झना गर्दै उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।

साहित्यिक सभामा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, रहस्यवादी कवि मदन कार्की, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्त, गजलकार जीवनपाणि पोखरेल, दिव्य गिरी, कथाकार माया ठकुरी कवि÷पत्रकार नवराज लम्साल, चन्दा बिष्ट, अम्भु बिहानी, प्रेम वली, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ठाकुर शर्मा भण्डारी, डाक्टर सनतकुमार अवस्थी लगायतले आफ्ना रचना वाचन गर्दै घिमिरेलाई स्मरण गरेका थिए । कार्यक्रममा सुमन कर्माचार्य, लालबहादुर तमाङ, रमेश ढुंगेल, साजना वाइवा सन्ध्या लगायतका स्रष्टाले समेत रचना वाचन गरेर घिमिरेको सम्झना गरेका थिए ।

– नागरिक न्युजबाट ।