४ बैशाख २०८१, मंगलवार
Follow Us

दुर्लभको गजल

sarusaru
१४ पुष २०७४, शुक्रबार ०२:४९

आफ्नै कदम मिलाएर चाल्न जानिन म
आधुनिक जमानामा ढाल्न जानिन म

कसो गर्दा ठिक होला,मेसो नपाउदा
दिगो शान्ति जिन्दगीमा पाल्न जानिन म

आफु बदलियो भने,सबै बदलिन्छ
अर्थपूर्ण अभियान थाल्न जानिन म

साना कुरा तेर्सिएर,लक्ष्य हराउदा
आफ्नै कमिकमजोरी फाल्न जानिन म

अन्धकार हराउथे,मैनसरी जलि
आत्मज्ञान जलाएर बाल्न जानिन म

दुर्लभ शाह त्यागी
गुल्मी
हाल-नगरकोट