१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गीतकार नृपेशको गजलमा नायिका साराको बेजोड अभिनय (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार २१:१३

लण्डन । बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको पछिल्लो गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायक हिमाल सागरको आवाजमा सजिएको ‘नआउ तिमी सजिएर…’ बोलको गजलको भिडियोमा उदयीमान नायिका सारा श्रीपालको बेजोड अभिनय देख्न सकिन्छ ।
बुढासुब्बा म्युजिकले बिहीबार गजलको म्युजिक भिडियो सार्वजनिक गरेको हो । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो भिडियोमा नायिका सारासंगै मोडेल रवि सिंहले अभिनय गरेका छन् ।

गजलमा संगीत चर्चित संगीतकार अर्जुन पोख्रेलको छ ।

भिडियोमा अभिनय गर्ने नायिका सारा नेपाली चलचित्र क्षेत्रकी अहिलेकी उदयीमान नायिका हुन् । निखिल उप्रेतीको जोडीका रुपमा उनले चलचित्र रुद्र र पिञ्जडा ब्याक अगेनमा काम गरिसकेकी छिन् । यसअघि साराले केहि म्युजिक भिडियोहरुमा अभिनय गरेर समेत चर्चा कमाएकी थिइन् ।

अञ्जु पन्तले आवाज दिएको गीतकार नृपेशकै जुनीजुनीलाई बोलको गीतमा लण्डनमै बनेको म्युजिक भिडियोबाट उनले यो क्षेत्रमा डेब्यु गरेकी हुन् ।यो गजलसंगै गीतकार उप्रेतीका रेकर्ड भएका गीत तथा गजलहरुको संख्या २ दर्जन पुगिसकेको छ । गजलहरुमा भने यो उनको छैठौं हो ।

विगत केहि वर्षदेखि बेलायतमै बस्दै आएका गीतकार उप्रेतीले लेखेका गीतहरु पछिल्लो समय निरन्तर रेकर्ड भइरहेका छन् । उनका गीतहरु अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, राज सिग्देल लगायतका नेपालका चर्चित गायक गायिकाहरुको स्वरमा रेकर्ड भइसकेका छन् ।