March 23, 2023
8:16 PM | 2:01 AM
?>
खेल

म्यानचेस्टर युनाइटेड अंक तालिकामा दोस्रो

  02/01/2018 मा प्रकाशित

लन्डन । एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गए राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक–एक गोल गर्नु भयो ।
जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा झरेको चेल्सीको २१ खेलबाट ४५ अंक छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ ।
यस्तै, अन्य खेलमा न्युकासल युनाईटेडले स्टोक सिटीलाई १–० ले हराउँदा ब्राईटन र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया