८ बैशाख २०८१, शनिबार
Follow Us

कुमारीत्व बिक्रीमा !

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार २३:२८

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियाकी बैली गिब्शन नामकी एक युवतीले प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामीको निर्णय गरेकी छिन् ।

जसले उनको कुमारीत्व माथि सबैभन्दा बढी मुल्य लगाउने छ त्यसले नै उनको कुमारीत्व तोड्ने छ ।
२३ वर्षिया गिब्शनले आफ्ना प्रेमीका लागि कुमारीत्व साँचेको र उसले धोका दिएपछि कुमारीत्व बिक्री गर्ने निर्णय गरेकी हुन् । उनले एक वेश्यालय मार्फत् कुमारीत्व बिक्रीमा राखेको डेली मेल पत्रिकाले उल्लेख गरेको छ ।

आफ्नो निर्णयप्रति आलोचना गर्नेहरूलाई जवाफ दिदै उनी भन्छिन् पैसा कमाउनका लागि वैधानिक रूपमा शारीरिक सम्बन्ध राख्नुलाई अन्यथा लिनु आवश्यक छैन । उनलाई बाबु आमाले धर्मपुत्री बनाएका हुन् । आफु एक वर्षकी हुँदा नै बाबु आमाले उनलाई धर्मपुत्रीका रूपमा राखेका हुन् ।

उच्च शिक्षा अध्ययनका बेला भेट भएको केटासँग उनको प्रेम बसेको थियो । उनीहरू बीच विवाह समेत गर्ने सहमती भएको थियो । तर उनको प्रेमीले गिब्शनलाई धोका दिएपश्चात् उनले आकस्मिक रुपमा कुमारीत्व लिलामीमा राखेको निर्णय लिएको बताइन् ।

गिब्शनले आफ्ना प्रेमीको अर्की पनि प्रेमिका भएको थाहा पाएपछि उनीहरू बीचको सम्बन्धमा चिसोपना आएको थियो । सम्बन्धमा आएको चिसोपना सँगै उनीहरूको विछोड पश्चात् प्रेमीका लागि साँचेको कुमारीत्व बिक्रीको घोषणा उनले गरेकी हुन् ।