१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहालको पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०७:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुहुने भएको छ । धुर्मुस सुन्तलीसहितको टोलीलाई दाहालले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताउनु भएको हो ।
बुधवार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न धुर्मुस सुन्तलीसहितको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो । भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको अभियानको प्रधानमन्त्री दाहालले प्रशंसा पनि गर्नुभयो । उहाँले धुर्मुस सुन्तलीको अभियानले देशैभरि सकारात्मक सन्देश गएको बताउनुभयो । प्रधानमन्त्री दाहालले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा राखेको पनि बताउनुभयो । उहाँले दोस्रो पटक प्रधानमन्त्री भएपछि आफुले केही गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।
प्रधामन्त्री दाहालसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारले दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार उपलब्ध नभएको गुनासो गरे ।