८ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीको बयान– ‘प्रधानन्यायाधीशले न्यायपालिकाको मानमर्दन गरे’

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार १०:०८

काठमाडौं । मानहानीको मुद्दामा डाक्टर गोविन्द केसीसँग सर्बोच्च अदालतले बयान लिएको छ । सर्बोच्च अदालतका न्यायधीश ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासमा उनको लिखित बयान लिइएको हो । बयानमा डाक्टर केसीले आफ्नो अदालतप्रति निष्ठा रहेको र अपमान नगरेको बताएका छन् ।

उनले प्रधानन्यायधीस गोपाल पराजुलीले गरेका निर्णय र कार्यहरुले न्यायापालिकाको उल्टै मानमर्दन गरेका कारण त्यसविरुद्ध विशेष सचेत नागरिकको हैसियतले आवाज उठाएको बयान दिएका छन् । अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध आफ्नो लडाई भएकाले त्यसमा अडिक रहेको पनि बयान क्रममा बताएका छन् ।

बयानपछि केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट र डाक्टर केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने बताइएको छ । बहश सकिएपछि थुनछेक आदेश हुनेछ । अदालतको अवहेलना मुद्दामा सोमबार राती पक्राउ परेका केसीलाई प्रहरीले आज विहान सर्बोच्च अदालतमा उपस्थित गराएको हो ।