१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. केसी वीर अस्पतालमै अनसनमा

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार ०४:२०

काठमाडौ । स्वास्थ अवस्था विग्रदै गएपछि वीर अस्पताल पुर्याईएका डाक्टर गोविन्द केसीले अस्पतालमै अनसन शुरू गरेका छन् । स्वास्थ अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई हिरासतमा नराखी अदालतवाट अस्पतालमा लगेको थियो। सोमबारदेखि आमरण अनसन घोषणा गरेका केसीले केही खाएका छैनन् ।
अदालतको अपहेलना मुद्दामा पक्राउ परेका केसीसँग मंगलबार अदालत पेस गरिएको थियो । बहस नसकिएकले उनलाई प्रहरीले हिरासतमा राखिरहेको छ । बुधवार थुनछेक बहसका लागि पुन उनलाई अदालतमा १० बजे पेस गरिएको छ । बुधबार पनि केसीको समर्थनमा जुलुस निकालिएको थियो ।