७ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी मन्त्रीको राजीनामा

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार १२:५६

काठमाडौं । विना विभागीय भएको तीन महिनापछि सरकारमा सहभागी माओवादी मन्त्री सरकारवाट बाहिरिने भएका छन् । माओवादी केन्द्रको आज बसेको बैठकले सरकारमा रहेका मन्त्री बाहिरिने निर्णय गरेको हो । नयाँ जनादेश आएर सरकार गठन प्रक्रिया अघि बढन लागेकाले मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।
आज बेलुकीसम्म प्रधानमन्त्रीसमक्ष माओवादी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउने तयारी छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १७ जना मन्त्री देउवा सरकारमा छन् । निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले माओवादी मन्त्रीलाई असोज १७ गते विना विभागीय बनाएका थिए । विना विभागीय हुँदा पनि तीन महिनासम्म माओवादी मन्त्रीहरु सरकारवाट बाहिरिएका थिएनन् । सरकारमा माओवादी केन्द्रका आठ मन्त्री र आठ राज्यमन्त्री सरकारमा छन् ।