१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डोनाल्ड ट्रम्पको संस्करण हुन् कमल थापा

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०८:५४

० राप्रपा र राप्रपा नेपालबीचको एकीकरण प्रक्रिया रोकियो होइन ?

– प्रक्रिया रोकिएको होइन, अवरुद्ध भएको हो ।

० फेरि एकीकरण हुन सक्छ त ?

– यसमा दोहोरो दृष्टिकोण आएको छ । पत्रपत्रिकामा समाचारहरू आएका छन् । तपाईहरूले देख्नुभएकै छ । कमल थापाको दृष्टिकोणमा एकीकरण प्रक्रिया समाप्त भएको छ । तर हाम्रो दृष्टिकोणमा एकीकरण प्रक्रिया समाप्त भएको छैन, अवरुद्ध मात्र भएको हो ।

० फेरि एकीकरण प्रक्रिया अघि बढ्ने सम्भावना छ त ?

– त्यो हुन सक्छ । असम्भव छैन ।

० त्यो कहिलेसम्म होला ?

– यसबेला हुन्छ भनेर समय तोक्ने बेला भएको छैन । भर्खरै त प्रक्रिया अवरुद्ध भएको छ ।

० एकीकरण प्रक्रिया रोकिनुको कारण के हो ?

– एकीकरण प्रक्रिया रोकिनुको प्रमुख कारण अन्तरिम विधान हो । साउन २३ गतेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले अन्तरिम विधानमा गम्भीर खोट भएको निष्कर्ष निकाल्यो । ती खोटहरू नटाली एकीकरणको प्रक्रिय अघि बढाउन नसकिने स्थिति आयो ।

० कस्ता खोटहरू…?

– मुख्य कुरा असन्तुलनमा थियो । सहमतिअनुसार राष्ट्रिय अध्यक्ष राप्रपा र अध्यक्ष राप्रपा नेपालले लिने पद थियो । अन्तरिम विधानमा ती दुईवटा पदबीच अधिकार सन्तुलित नभएको देखियो ।

० पहिलो स्थानमा राष्ट्रिय अध्यक्ष कि अध्यक्ष भन्ने विषयमा पनि विवाद थियो, होइन ?

– राष्ट्रिय अध्यक्षले निर्देशन समितिको अध्यक्षता गर्ने, त्यस निर्देशन समितिले महŒवपूर्ण सबै अधिकार केन्द्रित गर्ने भनी सहमति भएको थियो । तर पछि अन्तरिम विधान हेर्दा त्यस सहमतिअनुसार कार्यान्वयन भएको देखिएन । वास्तविकता यही हो ।

० सरकारमा जाने सवालमा राप्रपा र राप्रपा नेपालबीचको एकीकरण प्रक्रिया रोकियो भनिँदै छ । राप्रपा नेपालले पनि यही आरोप लगाएको छ नि ?

– सरकारमा जाने कुरा बडो साधारण विषय हो । यो सबैलाई थाहा भएको कुरा हो, हामीले ओली सरकारविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा भोट हालेका थियौं । त्यसैगरी यो सरकारको पक्षमा हामीले भोट हाल्यौं । तर यी दुईवटै कुरामा ओलीको पक्षमा र प्रचण्डको विपक्षमा राप्रपा नेपालले भोट दियो । हामीबीच मिल्दो या नमिल्दो जे भए पनि राप्रपा र राप्रपा नेपालबीच यस्तो सहमति भएको थियो, केही दिनका लागि दुई पार्टीबीचको एकीकरणपछि पनि राप्रपाका सांसदहरू सत्ता पक्षको बेन्चमा बस्ने, राप्रपा नेपालका सांसदहरू विपक्षको बेन्चमा बस्ने सहमति भएको थियो । सत्ता पक्षको बेन्चमा बसेपछि त सरकारमा जानु स्वाभाविक कुरा भयो नि ।

० भनेपछि सरकारमा जाने कारणले एकीकरण रोकिएको थिएन ?

– सरकारमा जाने कारणले एकीकरण रोकिने कुनै स्थिति थिएन । यो कुरा उहाँहरूले उठाउनुभएको छ । यो कुरालाई उहाँहरूले बडो विकृत ढंगबाट उठाउनु भएको छ । उहाँहरूले अनेक किसिमको अनर्गल गालीगलौज गर्नुभएको छ । हामी त्यस्तो गालीगलौजमा उत्रेका छैनौं । नचाहिने कुुरा हामीले गरेका छैनौं ।

० यसरी गालीगलौज गर्नुपर्ने कारण के हो त ?

– अब मिल्नका लागि पनि एउटा पहिलो सर्त के हुन्छ भने ती गालीगलौजका लागि उहाँहरूले माफी माग्नुपर्छ ।

० कमल थापाले माफी माग्नुपर्छ ?

– हो, कमल थापाले माफी माग्नुपर्छ ।

० भारतीय राजदुत रणजित रायसँग तपाईको भेटपछि एकता भाँडियो भनिँदै छ नि ?

– उहाँसँग मेरो भेट भएको थिएन । भेट भयो भनेर गलत रूपमा उहाँहरूले प्रचार गर्नुभयो । कहिल्यै पनि भेट भएको थिएन भनेर कसरी भनुँ ? राजदूतहरूसँग भेट भइरहन्छ, तर पछिल्लो दस बाह्र दिनमा उहाँसँग मेरो भेट भएको थिएन ।

० एकीकरण प्रक्रिया रोक्न भारतीय राजदूतले दबाब दिए भन्नुभएको छ नि ?

– उहाँले अत्यन्तै गलत ढंगले प्रचार गर्नुभएको छ । उहाँले हामीसित वार्ता गर्नुभएको हो । मुलुकको उपप्रधानमन्त्रीसमेत भइसक्नुभएको छ उहाँ । उहाँ पार्टीको अध्यक्षसमेत भइसकेको मान्छे हो । यस्तो मान्छेले त्यस्तो कुरा बोल्न सक्दैन भन्ने मेरो विश्वास हो, तर उहाँले बोलेको कुरा प्रिन्ट मिडियामा देखिएको छ । यदि उहाँले त्यो बोलेको हो भने त्यो कपोलोकल्पित, झुटो, निकृष्ट र दुभाग्र्यपूर्ण अभिव्यक्ति हो । कमल थापाले बोलेको अभिव्यक्तिमा त्यो भाषा प्रयोग भएको रहेछ भने हामी के बुझ्न बाध्य हुन्छौं भने नेपालमा पनि अमेरिकाको राष्ट्रपतिका उम्मेदवार ‘डोनाल्ड ट्रम्प’ को संस्करण जन्मियो । ताकि मन नपरेपछि अत्यन्तै भ्रामक प्रचार गर्ने संस्कृति ।

० राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङलगायतका नेताहरूले पत्रकार सम्मेलन गरेर दुई पार्टीको एकीकरण प्रक्रिया अघि बढाउनुपर्छ, रोक्न मिल्दैन भन्नुभएको छ नि ?

– लोकेन्द्रबहादुरजीले मिल्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । मैले पनि एकीकरण प्रक्रिया अवरुद्ध मात्र भएको छ । समाप्त भएको छैन भनेको छु ।

० तर तपाईले गर्नुभएको पत्रकार सम्मेलनमा त चन्द, तामाङ आउनुभएन नि त ?

– सबै ठाउँमा सबैजना उपस्थिति हुनुपर्छ भन्ने पनि छैन नि ।

० राणा र थापाको व्यक्तिगत टकारावका कारण राप्रपा र राप्रपा नेपालको एकीकरण रोक्न मिल्दैन भन्ने उहाँहरूको भनाइ छ, होइन ?

– यो कुरा मैले पहिले नै भनिसकें । हाम्रो दृष्टिकोणमा एकीकरण प्रक्रिया अवरुद्ध भएको छ । समाप्त भएको छैन, तर उहाँहरूको दृष्टिकोणमा एकीकरण प्रक्रिया समाप्त भइसकेको छ ।

० कमल थापासँग तपाईको व्यक्तिगत टकराव हो ?

– उहाँसँग मेरो केको व्यक्तिगत टकाराव हुनु ? केही टकराव थिएन । उहाँको भाषा गलत थियो । गलत भाषा प्रयोग गर्नुभयो । त्यसको विरोध गरेको छु । माफी माग्नुभयो भने फेरि एकीकरणको कुरा सुरु हुन्छ ।

० लोकेन्द्रबहादुर चन्दलगायतका केही नेताहरूले तपाईलाई लक्षित गरी उहाँहरू नआए पनि हामी आफैंले राप्रपा नेपालसँग एकीकरण प्रक्रिया अघि बढाउँछौं भन्नुभएको छ नि ?

– उहाँले त्यस्तो केही भन्नुभएको छैन । बिहीबार मात्र उहाँसँग मेरो कुरा भएको थियो । उहाँले मिल्न सक्ने कुरा गरौं भन्नुभएको छ । पार्टी एकतामा असर पर्ने कुरा उहाँले गर्नुभएको छैन ।

० हिन्दु राष्ट्र र गणतन्त्रको एजेन्डामा सहमति भएको थियो, होइन ?

– हिन्दु राष्ट्रको एजेन्डामा सहमति भएको थियो । सैद्धान्तिक आधार त्यही थियो ।

० राजतन्त्र मान्ने सहमति थियो कि थिएन, राप्रपा नेपाल त राजतन्त्रको पक्षमा उभिएको छ नि ?

– राजतन्त्र मान्ने एजेन्डै थिएन । हिन्दु गणतन्त्रमै हामीले सहमति जनाएका थियौं ।

० तपाईहरूको पार्टी सरकारमा गएको छ, माओवादी केन्द्रको नेतृत्वमा बनेको यो सरकारले के के काम गरोस् भन्ने चाहनु हुन्छ ?

– यो सरकारबाट दुई÷तीनवटा कुराको आशा गरेका छांै । भूकम्पपीडितहरू अत्यन्त ठूलो दुःखमा छन् । त्यसैले सरकारले तत्कालै पुनर्निर्माणको काम अघि बढाउनुपर्छ । भूकम्पपीडितहरूलाई सहयोग र राहत पु¥याउनुपर्छ । सरकारले गर्ने यो पहिलो काम हो । दोस्रो काम, मधेसको समस्या समाधान गर्नुपर्छ । तेस्रो काम, यो सरकारले कालोबजारीलाई नियन्त्रण गर्नुपर्छ । कालोबजारी निकै व्याप्त भएको छ । यसैगरी, यो सरकारले गर्ने चौथो काम भनेको विकासको कामलाई गति दिनु हो । यी काम प्रचाण्ड सरकारले सुरु गर्छ । यो सरकारबाट मैले यो अपेक्षा राखेको छु । अहिले मुलुकमा ठूलो समस्या लोडसेडिङको छ । लोडसेडिङको समस्यालाई यो सरकारले समाधान गर्नुपर्छ ।

०म धेसी मोर्चा सरकारमा आउँछ त ?

– अहिले तत्काल आउँदैन ।

० तपाईहरू ओली सरकारमा पनि हुनुहुन्थ्यो, तर ओली सरकार ढाल्न विपक्षमा भोट हाल्नुभयो । किन तपाईहरूले ओली सरकार ढाल्न सहयोग गर्नुभयो ?

– ओली सरकारमा हामी हैरानीका साथ बसेका थियांै । करिब सात आठ महिनाअघि सार्वजनिक रूपमै मैले हामी सरकारको हैरानको साझेदार हांै भनेको थिएँ । हैरान साझेदारले सरकारको विपक्षमा भोट हाल्नु त्यसको तात्विक निष्कर्ष हो ।

० ओली सरकार असफल नै थियो त ?

– ओली सरकार बिल्कुल असफल सरकार थियो । हामी सरकारको साझेदार हँुदाहुँदै पनि मैले यसअघि भनेका चार कुरामा ओली सरकारले काम नै गरेन । पुनर्निर्माणमा असाध्यै ढिलो काम ग-यो । भूकम्पपीडितहरूको लागि केही गरेन । दुई–दुईवटा बर्खा भूकम्पपीडितहरूले निकै दुःखका साथ बिताउनुप-यो । उनीहले एउटा जाडोयाम पनि दुःखका साथ बिताए । ओली सरकार रहेको भए अर्को जाडोमा पनि पुनर्निर्माणको काम हुने थिएन । यसैगरी, ओली सरकारले मधेसको समस्या समाधान नै गरेन । मधेसको समस्या समाधान गर्न कुनै चासो देखाएन । कालोबजारी व्यापक बढयो । नाकाबन्दी सिद्धियो, तर कालोबजारी झनै बढ्यो । नाकाबन्दी सकिएपछि कालोबजारी चलिरहनुपर्ने कुनै कारण थिएन । त्यो त सरकारको पूर्ण असफलता हो नि । यसैगरी ओली सरकारले विकासको लागि कुनै काम गरेन ।

० एमालेका नेताहरूले त ओली सरकारलाई राष्ट्रवादी सरकार भन्ने गरेका थिएन नि ?

– ओली सरकार विकास विरोधी सरकार हो । विकास विरोधी सरकार राष्ट्रवादी सरकार हुन सक्छ ? हुन सक्दैन । ओली सरकार भ्रष्टाचारी सरकार थियो । भ्रष्टाचारी सरकार राष्ट्रवादी सरकार हुन सक्छ ? कालाबजारिया सरकार राष्ट्रवादी सरकार हुन सक्छ ? त्यो सरकार राष्ट्रवादी थिएन । यी जम्मै कुरा खोट भएको सरकार कसरी राष्ट्रवादी हुने ? राष्ट्रवादी सरकार थिएन ।

० एमालेका नेताहरूले भारत सरकारले ओली सरकार ढाल्यो भनिरहेका छन्, तपाईलाई त्यस्तो लाग्दैन ?

– एमालेले जे जे प्रचार गर्छ, त्यही त्यही कुरा हामीले सुन्दै हिँड्नुपर्छ भन्ने छैन नि । त्यो खोक्रो राष्ट्रवाद हो । खोक्रो राष्ट्रवादले मुलुकमा केही अर्थ राख्दैन ।

० अहिलेको सरकारले चैतमा स्थानीय निकायको चुनाव गराउने भनेको छ, चैतमा चुनाव होला त ?

– चैतमै चुनाव हुनुपर्छ ।

० स्थानीय निकाय पुनर्संरचना आयोगको जुन प्रतिवेदन प्रचारमा छ, त्यसमा ५ सय ६५ गाउँपालिका-नगरपालिका भनिएको छ, यो हुन सक्छ ?

– स्थानीय निकाय पुनर्संरचना आयोले जुन प्रतिवेदन दिएको छ, जुन ढंगबाट गाउँपालिका, नगरपालिकाको डिजाइन गरिएको छ, मेरो विचारमा यो धान्नै नसक्ने किसिमको छ । यसमा निकै ठूलो प्रशासनिक खर्च लाग्ने देखिन्छ । ५ सय ६५ गाउँपालिकालाई सम्पूर्ण प्रशासनिक अधिकार पु¥याउने भनिएको छ । के त्यो सम्भव हुन्छ ? त्यो खर्च कसले बेहोर्छ ? त्यसैले सबैभन्दा पहिले गाउँपालिका र नगरपालिकामा अहिले जुन ढाँचा सोचिएको छ, त्यसलाई सुधार गर्नुपर्छ ।

० अहिले जति गाविस छन्, ती गाविसलाई नै गाउँपालिका बनाउँदा हँुदैन ?

– त्यो पनि एउटा उपाय हो, तर त्यही रूपमै सम्भव हुँदैन । आर्थिक रूपमा चारवटा संरचनालाई धान्न गाह्रो हुन्छ । केन्द्रको संरचना, प्रान्तको संरचना, जिल्लाको संरचना र गाउँ र नगरपालिको संरचना । यी चारवटै संरचना बेहोर्न त गाह्रो हुन्छ, तर एउटा उपाय निकाल्नुप¥यो । यो समस्या समाधान गर्न खर्च धान्ने गरी प्रशासनिक ढंगाबाट सम्भव हुने उपाय निकाल्नुप¥यो ।

० मधेसी मोर्चाको मागलाई सम्बोध गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ, संविधान संशोधन हुन सक्छ त ?

– संविधान संशोधन हुनुपर्छ, हुन्छ । मलाई लाग्छ, मुख्य समस्या भनेको प्रान्तको हो । पश्चिमपट्टिको मधेस प्रदेशमा टाँसिएका पहाडी जिल्लालाई अलग्याउनेवित्तिकै बाँकी समस्या आयोगलाई छाडेर समस्या सामधान हुन्छ ।

० यसको लागि पनि त संविधान संशोधन गर्नुप¥यो नि ?

– हो, यसको लागि पनि संविधान संशोधन हुन पर्छ ।

० संविधान संशोधनका लागि एमालेले पनि सहयोग गर्नुपर्छ, होइन र ?

– सहयोग गर्नुपर्छ एमालेले पनि । देशको जिम्मेवार ठूलो पार्टीले समस्या समाधानमा सहयोग गर्छ भन्ने लाग्छ ।

० एमालेका नेताहरूले संविधान संशोधनमा सहयोग गर्देनौं भनिरहेका छन् नि ?

– दुई तिहाइ त एमालेविना पनि पुग्छ । तर त्यस्तो समाधान हामी चाहन्नांै ।

० राप्रपा नेपाल पनि एमालेकै बाटोमा लागेपछि कसरी दुई तिहाइ पुग्छ ?

– हरेक कुरामा राप्रपा नेपाल एमालेसँग सति नै जानुपर्छ भन्ने पनि नरहला ।