७ बैशाख २०८१, शुक्रबार
Follow Us

१ सय ५२ जनाको मुक्तक संग्रहको बिमोचन

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार १८:४९

सरु पौडेल । बागलुङ । देशभरका १ सय ५२ जना मुक्तककारहरुका मुक्तकहरु समावेश गरि प्रकाशन गरिएको हातेमालो स्फुरण मुक्तक संग्रहको बागलुङमा बिमोचन गरिएको छ ।
हातेमालो साहित्य संगम बागलुङको सक्रियतामा प्रकाशन गरिएको उक्त मुक्तक संग्रहको सष्टा तथा सहयोगीदाता सम्मान एवँ रचना बाचन कार्यक्रमको अयोजना गरि बिमोचन गरिएको हो ।
संग्रहको उज्यालो ९० नेटवटका प्रोग्राम कोअर्डिनेटर अच्चुत घिमिरे, हातेमालो साहित्य संगमका केन्द्रिय अध्यक्ष सुनिल अधिकारी, रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटा, संगमका केन्द्रिय सदस्य तुलसीनारायण चित्रकार, धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन भने उज्यालो ९० नेटवटका प्रोग्राम कोअर्डिनेटर अच्चुत घिमिरे र हातेमालो साहित्य संगमका केन्द्रिय अध्यक्ष सुनिल अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उज्यालो ९० नेटवटका प्रोग्राम कोअर्डिनेटर अच्चुत घिमिरेले युवाहरुको सक्रियतामा गरिएको महत्वपुर्ण प्रयासले साहित्यको बिकासका लागि इट्टा थप्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा हातेमालो साहित्य संगमका केन्द्रिय अध्यक्ष सुनिल अधिकारी, रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटा, सगमका केन्द्रिय सदस्य तुलसीनारायण चित्रकार धौलागिरि साहित्य प्रतिस्ठानका अध्यक्ष काजी रोशन र प्रगतिशिल लेखक भरत बागलुङेले रचना बाचन सहति मंतव्य व्यक्त गर्नु भएको थियो ।
धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा पुस्तकका भाषा सम्पादक हरिप्रसाद पाण्डेले संग्रहको समिक्षा गर्नु भएको थियो । सो अवसरका पुस्तक प्रकाशनका लागि सहयोग गर्ने सहयोगदाताहरु, नव स्रष्टालाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा संगम बागलुङका सल्लाहकार ताराप्रसाद शर्मा, सुनिता पौडेल, अवि आचार्य, दिनेश बिकल्प, लक्ष्मी पुन, शंकर चोखाल, भिमबहादुर परियार, बिष्णु थापा, बिनोद पौडेल, करुणा सुवेदी, सुसन परियार, गोविन्द केसी, शोभा निराश, तेजस्वी सरिता, कमला आचार्य, ऋदिमा रिजाल, रोशन कोइराला लगाएतले रचना बाचन गर्नु भएको थियो ।
कार्यक्रम संगमका अध्यक्ष याम रोका मगरको अध्यक्षता, उपाध्यक्ष सरु पौडेलको स्वागत र सचिव प्रेम मगरको संचालनमा सम्पन्न भएको थियो ।