१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अध्यक्ष ओली बिहीबार फर्कने

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार ०६:५४

काठमाडौं । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।