७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय समितिको बैठक आव्हान

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १०:४२

काठमाडौं । निर्वाचनमा हारको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी बिहीबार केन्द्रिय समिति बैठक बोलाएका हुन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा निर्वाचनको समिक्षा र भावी रणनीतिका विषयमा छलफल हुनेछ । बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । वैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका पराजयपछि पहिलोपटक कांग्रेस केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

निर्वाचन पराजयपछि कांग्रेसका केही नेता पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको राजिनामा माग गर्दै आएका छन भने कतिपयले महासमिति बैठक बोलाउनुपर्ने आवाज उठाउदै आएका छन् । गगन थापा लगायतका केही युवा नेताले बिशेष महाधिवेशनको समेत माग गर्दै आएका छन् ।