८ बैशाख २०८१, शनिबार
Follow Us

आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार ०६:२३

काठमाडौं । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।