११ बैशाख २०८१, मंगलवार
Follow Us

नैनसिंह महर अध्यक्षमा निर्वाचित

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार ०८:१५

काठमाडौं । औपचारिक रुपमा घोषणा नभए पनि संस्थापन पक्षका उम्मेदवार भनिएका नैनसिंह महर विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेदवार मनोजमणि आचार्यभन्दा १ सय १९ मत बढी ल्याएर महर विजयी भएका हुन् । निर्वाचन अधिकृतले जारी गरेको मत परिणामअनुसार महरले १ हजार ४ सय ३५ मत ल्याएका छन् भने आचार्यले १ हजार ३ सय १६ मत प्राप्त गरे ।