१३ बैशाख २०८१, बिहीबार
Follow Us

भोलि ११ बजे प्रदेश मुकाममै सांसदहरुको सपथग्रहण

नेपालब्रिटेन डट कम्
६ माघ २०७४, शनिबार ०५:१८

काठमाडौं । नवनियुक्त प्रदेश सभा प्रमुखहरु आज सवन्धित प्रदेशको अस्थायी मुकाममा पुग्दैछन् । प्रदेशप्रमुखले आजै पदवहाली गरि काम शुरु गर्ने तयारी पनि गरेका छन् । प्रदेश सभा सदस्यको आइतवार विहान सपथ गराउने तयारी भएका सबै प्रदेश सभा प्रमुखहरु तोकिएका सातवटै मुकाममा आज पुग्न लागेका हुन । १ नम्बर प्रदेश प्रमुखमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन् ।

निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई हिजो नै प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझेलगत्तै सबै प्रदेश प्रमुखहरू आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् । सवै प्रदेशमा आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ गराउने गरि प्रदेश प्रमुखहरुले तयारी गरिरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि आइतवार नै मतदाता नामावली प्रकाशन गर्नुपर्ने भएकाले हतार हतार सपथ ग्रहण गराउन लागिएको हो । संबिधानमा प्रदेश सभाको पहिलो वैठक बसेको बीस दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले पनि एउटा प्रदेशमा सहसचिवको नेतृत्वमा २५ जनाको दरले १ सय ७५ जना कर्मचारी खटाएको छ । सरकारले गत बुधबार सातवटै प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको थियो ।