१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सन्दीप लामिछाने आईपिएलको अक्सन लिष्टमा, बेस अमाउन्ट २० लाख भा.रु.

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ०४:०५

काठमाडौं । विश्व क्रिकेटको चर्चित लिग ईन्डियन प्रिमियर लिग आईपिएलको लागि नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने अन्तिम अक्सन लिष्टमा पर्न सफल भएका छन । १ हजार १ सय २२ जना खेलाडीबाट शनिवार ५७८ जनाको अन्तिम अक्सन लिष्ट सार्वजनिक भयो। यो लिष्टमा सन्दीपको पनि नाम रहेको छ। उनको बेस अमाउन्ट २० लाख रहेको छ ।
आईपिएल ११ औं संस्करणमा पुग्दा नेपाली खेलाडी अक्सनमा परेको भने यो पहिलो पटक हो । अक्सन शनिबार र आईतबार बैंगलुरूमा हुनेछ।
आईसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियासँगको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका सन्दीप अन्डर नाईनटिन टिमका निकै भरपर्दा खेलाडी र कप्तान हुन ।
सन २०१६ को आईसिसि अन्डर नाईनटिन वल्ड कपमा आईरल्याण्डविरुद्ध हयाट्रिक सहित ५ विकेट लिएसँगै उनी चर्चामा आएका थिए ।
अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्क निमन्त्रणामा उनको एकेडेमीमा प्रशिक्षण र सोही एकेडेमीबाट समेत सन्दीपले खेलि सकेका छन ।
१८ वर्षिय युवा क्रिकेटर सन्दीप राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी हुन । उनी अहिले डिभिजन टुको तयारीमा बन्द प्रशिक्षणमा रहेका छन ।