१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकामा नेपालीको हत्या

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार ०४:२५

वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।