१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मधेश आन्दोलनमा ज्यान गुमाएका ५२ परिवारलाई १० लाख रुपैयाँ

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार ०९:२६

काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका ५२ जनाको परिवारलाई पुनः १० लाख क्षतिपूर्ति दिने दिने निर्णय छ । साथै, पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा मधेसमा भएको आन्दोलनको सत्य तथ्य छानविन गर्न एउटा समिति समेत गठन गरेको छ ।

विहीवार बसेको मन्त्रीपरिषदको वैठकले १० सुरुक्षाकर्मीका परिवारसहित सर्वसाधारणको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । मधेस आन्दोलनको सम्वोधनको नाममा एकपछि अर्को निर्णय गर्दै आएको सरकारले पुनः मधेस आन्दोलनमा ज्यान गुमाएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख रुपँया दिने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्रीको निर्वाचन हुनुपुर्व मधेसआन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र एउटा स्वतन्त्र आयोग गठन हुनुपर्नेसहितका ३ वुँदे सहमति भएको थियो । पुष्पकमल दाहाल सरकारको पहिलो वैठकमा समेत मधेस आन्दोलनलाई सम्वोधन गर्ने गरी आन्दोलनमा मृत्यु भएकाहरुलाई राहत रकमको घोषणा गरिएको थियो ।