१५ चैत्र २०८०, बिहीबार
Follow Us

वाम र मधेशी गठबन्धन बीचको तालमेल प्रयास असफल

नेपालब्रिटेन डट कम्
९ माघ २०७४, मंगलवार १४:१३

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाम र मधेसी गठबन्धनबीच तालमेल गर्ने प्रयास असफल भएको छ । मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि तालमेल प्रयास भाँडिएको हो । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो ।
प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।